नियम १५
जगेडा कोषमा जम्मा गर्नुपर्ने रकम
बिमकले नेपालभित्रको आफ्नो बिमा व्यवसाय सम्बन्धी दायित्वको निमित्त ऐनको दफा २२ बमोजिम खडा गरेको जगेडा कोषमा देहायबमोजिम रकम जम्मा गर्नुपर्ने छः–
(क) जीवन बिमा व्यवसाय गर्ने बिमकले नेपाल मा प्रकाशित गरेको बिमा लेखको आधारमा बिमांकीले तोकिदिएको सम्पूर्ण दायित्वमा कम नहुने रकम ।
(ख) निर्जीवन बिमा व्यवसायको आम्दानी खर्चमा देखाइएको खुद बिमा शुल्कको घटीमा पचास प्रतिशत रकम ।
(ग) निर्जीवन बिमा व्यवसाय गर्दा बिमकको चुक्ता पुँजीको बराबर नभएसम्म मुनाफा हुन आएको रकमको पचास प्रतिशत ।
तर सामुद्रिक बिमाको सम्बन्धमा कम्तीमा तीन वर्षसम्म जगेडा कोषमा राखिएको रकमलाई मुनाफामा गणना गरिने छैन ।
(घ) बिमकले प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि दाबी भुक्तानी बापत बाँकी रकमको एक सय पन्ध्र प्रतिशत रकम ।